सभाको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) सम्बन्धित विषयका कार्यक्रमहरूको सञ्चालन र प्रबन्ध गर्ने ।
(ख) कलेजको शैक्षिक सम्बन्धन वारे आवश्यक प्रबन्ध गर्ने ।
(ग) उपाधिहरू निर्धारण गर्ने र प्रदान गर्ने ।
(घ) विश्वविद्यालयको वार्षिक कार्यक्रमलाई स्वीकृत गर्ने र वार्षिक बजेट पारित गर्ने ।
(ङ) विश्वविद्यालयका नियमहरू पारित गर्ने ।
(च) विश्वविद्यालयका स्कूलहरू र सम्बन्धन प्राप्त कलेजलाई निर्देशन दिने र मार्ग दर्शन गर्ने ।
(छ) विश्वविद्यालय र मातहतका निकायको वार्षिक प्रतिवेदन माथि छलफल गर्ने र कार्यक्रमको मूल्याङ्कन गर्ने ।
(ज) लेखा परीक्षण प्रतिवेदनमाथि छलफल गर्ने र स्वीकृति दिने ।
(झ) विश्वविद्यालयका विभिन्न निकायको शैक्षिक तथा प्रशासनिक कामको लागि आवश्यक शिक्षक तथा कर्मचारीको दरबन्दी स्वीकृत गर्ने ।
(ञ) कुनै नयाँ कार्यक्रम सञ्चालन गर्नु परेमा त्यसको अनुमति प्रदान गर्ने ।
(ट) उपकुलपतिको नियुक्तिको लागि कुलपति समक्ष सिफारिश पेश गर्न समिति गठन गर्ने ।
(ठ) आवश्यकतानुसार विभिन्न समितिहरू गठन गर्ने ।
(ड) पदाधिकारी, शिक्षक तथा कर्मचारीको सेवा, शर्त निर्धारण गर्ने ।